SHARE
कालिका खबर · मङगलबार ६ असो २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा पाँच प्रतीक्षालय बेन्च स्थापना

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सहजतालाई मध्यनजर गर्दै ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ। कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा स्थापना गरिएको उक्त प्रतीक्षा–बेन्च बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको हो। बेन्च स्थापनासम्बन्धी कार्यक्रममा बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यता रहेको थियो। दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षा–बेन्च स्थापना गरिएको बैंकले जनाएको छ। यसबाट स्थानीय बासिन्दा तथा बाटो हिँड्ने यात्रुलाई प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ।