SHARE
कालिका खबर · मङगलबार ६ असो २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

धनकुटामा लागुऔषधसहित ३ जना पक्राउ

धनकुटा : धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, क्याप्सुल र ट्याब्लेट बरामद गरेको जनाएको छ । बरामद गरेको खैरो पदार्थको तौल प्लास्टिकबाहेक १ ग्राम २३० मिलिग्राम रहेको छ ।