SHARE
कालिका खबर · मङगलबार ६ असो २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

बाढीपहिरो पीडितका लागि सुनचाँदी तथा आभूषण महासंघले जुटायो ४० लाखभन्दा बढी राहत कोष

काठमाडौं । देशभर हालै गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनरुत्थानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष सङ्कलन गरेको छ। प्राकृतिक विपत्तिका कारण घरबारविहीन तथा संकटमा परेका परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले महासंघले राहत सङ्कलन अभियान सञ्चालन गरेको हो। अभियान राहत सङ्कलन तथा व्यवस्थापन संयोजक निरबहादुर विश्वकर्माको नेतृत्वमा अघि बढाइएको महासंघले जनाएको छ। संयोजक विश्वकर्माका अनुसार विपद्पछि प्रभावित क्षेत्रका नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन महासंघका सदस्य, संस्थागत दाता, व्यवसायी तथा विभिन्न सामाजिक अभियन्तालाई समेटेर तीव्र रूपमा राहत कोष सङ्कलन गरिएको हो।