SHARE
कालिका खबर · सोमबार ५ असो २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

प्रवासी नेपालीलाई लक्षित गर्दै प्रभु बैंकको ‘प्रवासी समृद्धि घर कर्जा’ योजना सार्वजनिक

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ। योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ। योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने र कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ। बैंकका अनुसार कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।