सुर्खेतमा अथर नेपालको १६औँ अनुभव केन्द्र सञ्चालन, कर्णालीमा विद्युतीय मोबिलिटी विस्तार
काठमाडौँ । अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा असोज ५, २०८३ देखि सञ्चालनमा आएको नयाँ अनुभव केन्द्रमार्फत सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले अथरका विद्युतीय स्कुटर, प्रविधि तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। नयाँ अनुभव केन्द्रमा ग्राहकले अथरका नवीनतम ४५० सिरिज तथा रिज्ता सिरिजका स्कुटरबारे जानकारी लिनुका साथै प्रोडक्ट डेमोन्स्ट्रेसन र टेस्ट राइडको सुविधा पाउनेछन्। अथर ४५० सिरिजमा पर्फर्मेन्स, प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
