SHARE
कालिका खबर · सोमबार ५ असो २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : १५ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम समिति गठनसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकले प्रस्तावलाई सहमति दिएसँगै समिति गठन भएको हो । समितिले भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण तथा भविष्यमा यस्ता जोखिम न्यूनीकरणका उपायबारे अध्ययन गर्नेछ ।