प्रधानमन्त्री शाह र सेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले यो भेटवार्ता नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको नेपाली सेनाले जनाएको छ । भेटका क्रममा प्रधानसेनापति सिग्देलले भोटेकोशी बाढीपछि नेपाली सेनाले निरन्तर चलाइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसैगरी, उनले गत भदौ ३१ देखि असोज ३ गतेसम्म भएको आफ्नो चीन भ्रमणका विषयमा पनि प्रधानमन्त्री शाहलाई अवगत गराए।
