एक्स्ट्रिमको ऊर्जासँग नेपाली ई–स्पोट्र्सको उडान
काठमाडौँ । नेपालमा सम्पन्न पीएमजीओ २०२६ सिजन–२ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको फोरथ्राइभ्स ई–स्पोर्ट्सले जितेको छ। काठमाडौँस्थित दशरथ रङ्गशालामा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोरथ्राइभ्स ई–स्पोर्ट्सले कुल २०९ अङ्क जोड्दै उपाधि जितेको हो। प्रतियोगितामा नेपालको टीटुके ई–स्पोर्ट्स दोस्रो तथा होराआ ई–स्पोर्ट्स तेस्रो भए।
