भोटेकोशी बाढीबारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीबारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पेश गरेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।
