SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

एन्फामाथिको फिफा निलम्बन चाँडै फुकुवा हुने मन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गरेको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री पोखरेलले नेपाल सरकारबाट निलम्बन फुकुवाका लागि पहल भइरहेको र चाँडै निलम्बन फुकुवा हुन सक्ने बताए ।