धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको एउटा विधालयमा पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गरेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयमा उनले भवन निर्माण र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी उक्त रकम सहयोग गरेका हुन् ।
