SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

बाँके । बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ । यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।