SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।