दशैंको टीका कता फर्किएर लगाउने ?
आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला । हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।
