यस्तो छ आज टीका लगाउने साइत, कुन देशमा कति बेला ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमीका दिन विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने वैदिक सनातन धर्मावलम्बीहरूलाई लक्षित गरी स्थानीय समयअनुसार टीका साइत तोकिएको हो। समितिकाका अनुसार विदेशमा रहेका नेपाली तथा हिन्दू धर्मावलम्बीहरूले टीकाको साइतबारे जिज्ञासा राखेकाले प्रत्येक देशको समयअनुसार सूचनालाई सार्वजनिक गरिएको हो।
