बाजुरामा बालीनाली भित्र्याउन भ्याइनभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् । यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो ।
