SHARE
कालिका खबर · सोमबार ५ असो २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा KIST Teaching Hospital ले हासिल गर्‍यो प्रथम स्थान

ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा KIST Medical College तथा Teaching Hospital ललितपुर जिल्लाका निजी अस्पतालमध्ये प्रथम भएको छ। कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए। सहभागी अस्पतालहरूले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरिएको थियो। वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचक (Health Service Indicators) का आधारमा अस्पतालहरूको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्यांकन गरिएको थियो।