सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
सडक डिभिजन कार्यालय भरतपुरले बुधबार अपराह्नदेखि अविरल वर्षा भएकाले सडकको बारेमा जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। उक्त कार्यालयले चाडपर्वको समयमा वर्षा भएकाले यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे बुझेर मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्न आग्रह गरेको हो।
