विद्युतमा करको भार घटाऔँ, जनतालाई राहत दिऔँ : राजेन्द्र मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) को भार घटाउन सरकारसँग माग गरेका छन्। मल्लले जलस्रोतमा धनी नेपालमा घरेलु विद्युत्मा ५ प्रतिशत तथा व्यावसायिक र औद्योगिक विद्युत्मा १३ प्रतिशत भ्याट अत्यधिक भएको बताएका छन्। उनले विद्युत्मा लाग्ने करको अन्तिम भार कुनै न कुनै रूपमा सर्वसाधारण उपभोक्तामाथि नै पर्ने उल्लेख गर्दै विद्युत् करको भार घटाउनुपर्ने धारणा राखेका छन्। “जताबाट घुमाए पनि यसको अन्तिम भार जनताकै थाप्लोमा पर्छ,” मल्लले भनेका छन्।
