SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप असोज १० गते हुदै

काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २०८३ असोज १० गते काठमाडौंस्थित आनन्दकुटी विद्यापीठ माध्यमिक विद्यालयमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट करिब ३० वटा टिमको सहभागिता रहने आयोजकको तयारी छ। प्रतियोगितामार्फत विद्यालय तथा युवा तहका खेलाडीको प्रतिभा पहिचान, कराते खेलको विकास तथा राष्ट्रियस्तरमा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघका प्रशिक्षक तथा महासचिव बिनोद श्रेष्ठले प्रतियोगिताले नेपाली कराते खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।