नवौँ नेपाल जग्गा तथा आवास प्रदर्शनीमा ७० हजारभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । चार दिनदेखि काठमाडौंमा सञ्चालन भएको नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार सम्पन्न भएको छ। आयोजकका अनुसार प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले अवलोकन गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसोसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिए। अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउँदै उनले घरजग्गा खरिदमा समेत उत्साह देखिएको बताए। घिमिरेका अनुसार प्रदर्शनीअघि नै करिब सात महिनाअघि कार्यक्रम तय गरिएको थियो।
