SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

सुनसरी घटना अपडेट: घाइते यादवको शरीरबाट गो*ली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट यादव घाइते भएका थिए । यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।