SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

भक्तपुरमा भदौमा मात्र अपराधसम्बन्धी १७९ घटनाका मुद्दा दर्ता

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिसरले आज एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।