SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

सामसङ नेपालको दशैं–तिहार अफर : टिभी तथा होम अप्लायन्समा लक्की ड्रदेखि क्यासब्याकसम्म

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसर पारेर आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा’ योजना सार्वजनिक गरेको छ। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। अफरअन्तर्गत सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा एसी खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुनुका साथै थप क्यासब्याक र निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अभियान अवधिमा खरिद गरिएका उत्पादन दर्ता गरी ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक लक्की ड्रमार्फत ३१ जना विजेता छनोट गरिनेछन्।