SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण, दुई जनाको मृत्यु

रुस । रुसको मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आइतबार राति भएको आक्रमणमा आवासीय भवन र एउटा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका ४५० वटा ड्रोन खसालिएको दाबी गर्दै  ड्रोनका कारण केही घरमा आगलागी भएको तथा तेल प्रशोधन केन्द्रको एउटा संरचनामा क्षति पुगेको बताएकाछन्। भोरोब्योभका अनुसार सोफिनोमा ड्रोनले तीनतले आवासीय भवनमा प्रहार गर्दा ४४ वर्षीया एक महिलाको मृत्यु भयो।