बाढी–पहिरोको जोखिम बढ्दै, पछिल्ला वर्षमा सयौँको ज्यान गुम्यो
साम्राज्ञी पाण्डे काठमाडौं । नेपालमा मनसुन सुरु भएसँगै बाढी तथा पहिरोको जोखिम बढ्ने गरेको छ। वर्षेनी हुने यस्ता प्राकृतिक विपद्का कारण मानवीय क्षतिसँगै घर, सडक, पुल, कृषि क्षेत्र तथा अन्य भौतिक संरचनामा ठूलो क्षति हुँदै आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का विभिन्न विवरणले बाढी र पहिरोलाई नेपालका प्रमुख प्राकृतिक विपद्का रूपमा देखाएका छन्। उपलब्ध विवरणअनुसार वि.सं. २०७९ मा देशभर बाढीका ३२२ घटना भएका थिए। ती घटनामा चार जनाको मृत्यु भएको थियो। सोही वर्ष पहिरोका ६३५ घटना दर्ता भएका थिए भने पहिरोमा परी १३२ जनाले ज्यान गुमाएका थिए।
