SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बढ्दै सामाजिक दूरी

निरज रेग्मी काठमाडौं । प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल मानिसको दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। सूचना आदानप्रदान, मनोरञ्जन, शिक्षा तथा रोजगारीका अवसर खोज्न सामाजिक सञ्जाल उपयोगी बन्दै गए पनि यसको अत्यधिक प्रयोगले पारिवारिक तथा सामाजिक सम्बन्धमा दूरी बढाउने जोखिमसमेत देखिएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायतका माध्यममा लामो समय बिताउने प्रवृत्ति विशेषगरी युवा पुस्तामा बढ्दै गएको छ। एउटै घरमा बसेका परिवारका सदस्यसमेत प्रत्यक्ष संवादभन्दा मोबाइल फोनमा व्यस्त हुने अवस्था सामान्य बन्दै गएको देखिन्छ। समाजशास्त्रीहरूका अनुसार प्रविधि आफैं समस्या नभए पनि यसको असन्तुलित प्रयोगले मानिसको सामाजिक व्यवहारमा असर पार्न सक्छ।