SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

गोरखामा जीप दुर्घटना, एकजनाको मृत्यु

पोखरा । गोरखामा जिप दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक २ थालाजुङमा दुर्घटना भएको हो । गाडी सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।