‘वर्तमान संविधानबाट देशको निकास सम्भव छैन’ : प्रभु साह
वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको बताएका छन्। वीरगञ्जस्थित टाउनहलमा आयोजित अग्रगामी मोर्चाको भेलालाई सम्बोधन गर्दै साहले वर्तमान संविधानलाई ‘सपनाको संग्रह’ र ‘झुटा आश्वासनको पुलिन्दा’को संज्ञा दिए। उनले संविधान निर्माणका क्रममा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाइएको आरोप लगाउँदै संविधान निर्माणका तक्मा लिनेहरुलाई दण्डित गर्नुपर्ने बताए । आजपा अध्यक्ष साहले देशको वर्तमान अवस्था बिग्रनुको मुख्य कारण संवैधानिक व्यवस्था नै भएको दाबी गरे।
