नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे तथा रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ। २०८३ भदौ १० गते गएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री २०८३ असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहत सामग्री हस्तान्तरण गरेको नाडाले जनाएको छ।
