नेपालिरिका होटलको छैटौँ बर्षमा प्रवेश, असोजभर विशेष अफर
विराटनगर । नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा असोज महिनाभर विभिन्न विशेष कार्यक्रम तथा आकर्षक अफर सञ्चालन गर्ने भएको छ। होटलले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष आवास, खाना तथा पेय पदार्थका प्याकेज सार्वजनिक गर्ने जनाएको छ। होटलका दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराट चोकस्थित दुवै शाखामा वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिनेछ। होटलका अनुसार जेन–जी आन्दोलनका क्रममा क्षति पुगेपछि पनि ग्राहक, व्यवसायी, सञ्चारकर्मी, शिक्षक तथा सर्वसाधारणको निरन्तर साथ, सहयोग र विश्वासका कारण होटलले पुनः आफ्नो सेवा सञ्चालन गर्न सफल भएको हो।
