देशभर ३ हजार ३९६ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अन्य वडामा निरन्तर
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ ।
