SHARE
कालिका खबर · शनिबार ३ असो २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बलात्कारका घटनामा बालिका तथा किशोरी उच्च जोखिममा

साम्राज्ञी पाण्डे काठमाडौं । नेपालमा बलात्कार तथा यौन हिंसाका घटना चिन्ताजनक रूपमा देखिँदै आएका छन्। नेपाल प्रहरीले आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको अवधिमा बलात्कारका १६ हजार ९ सय ६० घटना प्रहरीमा दर्ता भएको जनाएको छ। प्रहरी स्रोतबाट प्राप्त विवरणले पछिल्ला वर्षहरूमा समेत यस्ता घटनाको जोखिम उच्च रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै बलात्कारका २ हजार ३ सय ९५ घटना प्रहरीमा दर्ता भएका छन्। दर्ता भएका घटनाको उमेरगत विवरण हेर्दा बालिका तथा किशोरीहरू ठूलो संख्यामा पीडित बनेको देखिन्छ।