नेपालमा आत्महत्याको जोखिम गम्भीर, वर्षमा हजारौँले गुमाउँदैछन् ज्यान
साम्राज्ञी पाण्डे काठमाडौं । नेपालमा आत्महत्याका घटना सार्वजनिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिँदै आएका छन्। पछिल्ला वर्षका सरकारी तथा अन्तर्राष्ट्रिय तथ्यांकले नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेको देखाएका छन्। उपलब्ध तथ्यांकले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवा, सामाजिक सहयोग र समयमै पहिचान तथा हस्तक्षेपलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ। नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकअनुसार उक्त वर्ष नेपालभर ७ हजार २ सय २१ जनाको आत्महत्याका कारण मृत्यु भएको थियो। प्रहरीमा आत्महत्यासम्बन्धी ७ हजार १ सय ९४ घटना दर्ता भएका थिए।
