सन नेपाल लाइफको ९औँ वार्षिकोत्सवमा बीमा जागरण अभियान सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा बीमा जागरण अभियान सम्पन्न भएको छ। कम्पनीको कौशलटार क्षेत्रीय कार्यालयको आयोजनामा कौशलटार शाखामा कार्यक्रम गरिएको हो। कार्यक्रममा ५० जना वरिष्ठ एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सन नेपाल लाइफका बजार व्यवस्थापन प्रमुख गणेश चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथि चौलागाईंले बीमाको महत्त्व, जोखिम व्यवस्थापनमा बीमाको भूमिका तथा बीमा किन व्यवसाय मात्र नभई सेवामूलक क्षेत्र हो भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
