SHARE
कालिका खबर · शनिबार ३ असो २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग

काठमाडौं । पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न थालेको हो । एआई चिप र उच्च रिजोल्युसन क्यामेरासहितको रोबोटले सवारीसाधनको वरिपरि घुमेर विभिन्न भागको निरीक्षण गर्छ । यसले कागजातमा रहेका विवरण र सवारीसाधनको वास्तविक अवस्थाबीचको मिलानसमेत स्वचालित रूपमा गर्ने जनाइएको छ ।