पेट स्वस्थ भए मस्तिष्क पनि स्वस्थ रहन्छ : डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्
११ असोज २०८२, काठमाडौं। स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ । शाकाहारीहरूले खीर वा मिठाइहरू खान्छन् । माछा र मासु खानेहरूले त विभिन्न परिकार खान्छन् ।
