SHARE
कालिका खबर · शुक्रबार​ २ असो २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

होटेल सब्रिनाको आठौँ वार्षिक साधारणसभा सम्पन्न, २०२७ भित्र ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने

काठमाडौं । होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा शुक्रबार असोज २ गते होटेल सब्रिनामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणसमेत पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ।