SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी