पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे : योगेश भट्टराई
काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लवले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए । उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्षले हस्तक्षेप गरेको आरोप लगाए ।
