न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र
दमौली : मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसीए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ । सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । आयोजनाका लागि तीन करोड ८८ लाख ८३ हजार छ सय ४३ अमेरिकी डलरमा सम्झौता भएको हो ।
