व्यापारी भन्छन् : ‘सडक अवरुद्ध भइरहे दसैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’
काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा निजी क्षेत्रमार्फत ल्याइएका खसी, बोका र च्याङ्ग्रा बिक्रीका लागि बजारमा राखिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेपछि निजी व्यापारीहरूले बजार आपूर्तिको जिम्मा लिएका हुन् ।
