दसैँमा गाउँ फर्किनेको लर्को : पहिरो र अग्रिम टिकटको व्यवस्था नहुँदा समस्या भएको यात्रुहरूको गुनासो
काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को काठमाडौं उपत्यकामा देखिन थालेको छ । कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडीको पर्खाइमा बसिरहेका छन् । दसैँ नेपालीहरूको प्रमुख चाड भएकाले उपत्यकामा कर्मथलो वा अध्ययन स्थल बनाएका धेरैले आफ्नो गाउँ फर्कन थालिसकेका छन् ।
