SHARE
कालिका खबर · शुक्रबार​ २ असो २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंबाट एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।