SHARE
लोक पथ · शनिबार ११ असो २०८२ ०८:०१ AM · 1 मिनेट पढाइ

ओलीको आरोप- ‘वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् । शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेको प्रमाण सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन् ।