युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा भएको तोडफोड र आगजनीले व्यापक क्षति पुर्याएपछि राणाले राजीनामा दिएकी हुन् । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् ।
