SHARE
लोक पथ · शनिबार ११ असो २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले फैलाइरहेको विभिन्न हल्लाबारे तीव्र आलोचना गरेका छन् । शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले हल्लाबाजहरुले ‘पासपोर्ट रोक्ने’ र ‘हामी विदेश भाग्ने’ जस्ता भ्रम फैलाइरहेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ भन्ने भ्रम फैलाइरहेका छन् ।