शिक्षामन्त्रीसँग जेनजी आन्दोलनका घाइतेले भने : ‘हामीले देशका लागि रगत बगाएका हौँ, माग पूरा हुनुपर्छ’
काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शनिबार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको अवस्था बुझ्न ट्रमा सेन्टर पुगेर उनीहरुलाई भेटेका छन् । मन्त्री पुनले घाइतेहरुको स्वास्थ्य उपचार राम्रो भइरहेको र कसैले पनि उपचारबारे गुनासो नगरेको जानकारी दिएका छन् ।
