संविधानको मर्म र भावनाअनुसार सरकार चलेन : सांसद खालिद
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद मोहम्मद खालिदले संविधान निर्माण पश्चातका अधिकांश सरकारहरूले सङ्घीयतालाई सुदृढ गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा धारणा राख्दै सांसद खालिदले वर्तमान सरकारले पनि मधेसी जनताको आशाअनुसार काम गर्न नसकेको आरोप लगाए। सांसद खालिदले तराई–मधेस क्षेत्रका जनताको आशाअनुसार सरकारले काम गर्न नसकेको उल्लेख गर्दै मधेसी समुदाय, मुस्लिम र पिछडिएको वर्गप्रति सरकार उदासीन देखिएको बताए ।
