तुइनखोलामा फेरि पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खस्दा सडक केही समयका लागि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार, डिभिजन सडक कार्यालय भरतपुरको मेसिनले पहिरो पन्छाउने काम सुरु गरेको छ । पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
